देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फाइनल पुगिसकेको नेपाल आज माल्दिभ्सको सामना गर्दै

देशान्तर

काठमाडौं । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ‘एभिसी’ सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा एक खेल अगाबै फाइनल पुगिसकेको नेपालले आज माल्दिभ्सको सामना गर्दै छ ।
यता माल्दिभ्स पनि फाइनल पुगिसकेको हुनाले समुह चरणको अन्तिम खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल स्थानीय समयअनुसार पौने २ बजे  सुरु हुनेछ ।

सुरुवाती तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले बलियो प्रतिद्वन्दीका रुपमा रहेको माल्दिभ्ससँग खेल्न लागेको हो ।

नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।