देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राविधिक ज्ञान बाँढ्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठान

देशान्तर

पर्सा पर्सा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रोबटिक्स तालिम सम्पन्न भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आयोजनामा कैचो ग्रुप र विज्ञान शिक्षक सङ्घको सह–आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमबाट करिब ५०० विद्यार्थीले लाभ लिएको प्रशिक्षक आकृत ढुंगेलले जानकारी दिए ।
जुद्धमावि बिरगंजमा भएको कार्यक्रमको गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष एंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई संवेधान गर्दै जोशीले प्रबिधिकै माध्यमले राष्ट्रको विकास सम्भव भएको जिकिर गरे । पूर्व मन्त्री समेत रहेका जोशीले बालबालिका भोलिको भविष्य भएको भन्दै सुनौलो भविष्यका निम्ति विद्यार्थीले मिहेनत गर्नुपर्ने र शिक्षक त्यसमा कटिबद्ध हुनुपर्नेमा जोड दिए । उनले प्राबिधिक शिक्षाका निम्ति राज्य कटिबद्ध हुनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस पर्साका सभापति अजय द्विवेदी, मकवानपुर जिल्लाका निवर्तमान सभापति रघुरमण न्यौपाने, नेपाल उद्यमशील समाजका अध्यक्ष खगेन्द्र आचार्य, कैचो युकेका अध्यक्ष युवा वैज्ञानिक सुमन पौडेल लगाएतको सहभागीता थियो ।