देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभासको ‘जान’ हिन्दीमा प्रदर्शन नहुने

देशान्तर

राधा कृष्ण कुमारले निर्देशन गर्न लागेको साउथ चलचित्र ‘जान’ हिन्दीमा प्रदर्शन नहुने जानकारीमा आएको छ । यस चलचित्रका अभिनेता प्रभासले फिल्म हिन्दीमा प्रदर्शन नगर्ने बताएको भारतिय मिडियाहरुले उल्लेख गरेका छन् ।

साउथ चलचित्रबाट निकै नाम कमाएका प्रभासले बलिउड फिल्म ‘साहो’मा अभिनय गरेका पनि यस चलचित्रले भने उनलाई खासै सफलता दिलाउन सकेन् । साउथ सुपरस्टार प्रभासले ठूलो बजेटको फिल्म ‘साहो’को असफलतापछि अब कुनै पनि चुनौतिको सामना गर्न भने चाहदैनन् ।

हालै ‘जान’को सुटिङ्ग सुरु गरेका प्रभासले चलचित्र टिमलाई तय गरेको बजेट र समयमै चलचित्र सकाउन अनुरोध समेत गरेका छन् ।
पिरियड लभ स्टोरीमा बन्न लागेको चलचित्र ‘जान’मा प्रभासको जोडीमा पूजा हेगडेलाई देखाईनेछ । चलचित्रमा प्रभासले ज्योतिषको भुमिका निभाउदैछन् ।