देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र दाहालको पुत्ला दहन

देशान्तर

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका क्रममा पुत्ला दहन गरेको हो । केन्द्रीय प्रतिनिधी बेलबहादुर राना, कांग्रेस डडेल्धुरा क्षेत्र ९क० सभापति मानबहादुर बुढामगरको नेतृत्वमा जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरिएको हो ।

कांग्रेसले थालेको दोस्रो चरणको हिमाल पहाड तराई राष्ट्रिय जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति किरण कोइराला लगायत कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा ओली र दाहालको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए ।

सुनियोजित ढंगले नेकपा कार्यकर्ताले सांघातिक रुपमा कांग्रेस जिल्ला सभापति लगायत जागरण अभियानका सहभागीमाथि भएको आक्रमणमा संलग्नलाई चाँडोभन्दा चाँडो कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गर्दै पुत्ला दहन गरिएको उनले बताए ।