देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको शिलान्यास भोली गर्ने

देशान्तर

 

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको भोली शिलान्यास हुने भएको छ ।

सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा दिउँसो साढे दुई बजे एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज ६ मा एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार साढे तीन वर्ष्भित्र निर्माण सम्पन्न भइसक्नेछ । १३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सो सुरुङ मार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ ।४० वर्षभित्र तिर्नेगरी शून्य दशमलव शून्य १ प्रतिशत ब्याजदरमा जापानले ऋण सहायता उपलब्ध गराएको हो ।

क्जबचभ तजष्कस्