देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न दुईदेखि चार महिना कुर्नुपर्ने

देशान्तर

काठमाण्डौं । एपेन्डिसाइटिसको शल्यक्रिया पछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न दुईदेखि चार महिना कुर्नुपर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्। ‘

मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्ने र संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्ने भएकाले अहिलेकै स्थितिमा जोखिम हुने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा।ऋषि काफ्लेले बताएर ।

एपेन्डिसाइटिससहित पेरिटोनाइटिस ९पेटको संक्रमण० समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो। स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए दुईदेखि चार महिनापछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सकिने डा काफ्लेको भनाइ छ।

यसअघि गत शुक्रबार प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्यासिंह शाहले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा हतार गर्नुपर्ने अवस्था नरहेको र अनुकूल समय पारेर प्रत्यारोपण गरिने बताएकि थिइन ।

पछिल्लो समय डाक्टरहरूले प्रधानमन्त्रीको छिटोछिटो डायलसिस गरिरहेका छन्। आइतबारसम्म ६ दिनमा ४ पटक डायलसिस गरेका थिए।