देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानसँगको भीडन्तमा दुई गोर्खा सैनिकको मृत्यु

देशान्तर

काठमाडौं । पाकिस्तानी सेनासँगको भिडन्तमा शनिबार भारतीय सेनाका दुईजना गोर्खा सैनिकको मृत्यु भएको छ ।

बिबिसीका अनुसार कश्मीरको गुन्डीशत गाउँ र तङ्गधारमा पाकिस्तानी सेनाको गोलाबारीमा परी एक सर्वसाधरणसहित तीन भारतीय सेनाको ज्यान गएको हो। समाचार अनुसार ज्यान गुमाउने दुईजना भारतीय गोर्खा सैनिकमा हवलदार पदम बहादुर श्रेष्ठ र राइफलम्यान गामिलकुमार श्रेष्ठ रहेका छन्। यद्यपि उनीहरुको नेपालको ठेगाना भने खुलिसकेको छैन।

जम्मु(कश्मीरस्थित कुपवडाको तंगधार क्षेत्रमामा भारतीय सेनाको चौकीमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन्। त्यस्तै केही महिनादेखि भारत नियन्त्रित कश्मीर र पाकिस्तान नियन्त्रित कश्मीरमा तनाव चुलिँदै गएको छ। यो घटनाका क्रममा ५५ वर्षीय मोहम्मद सादिकको पनि ज्यान गएको छ। यसका अलावा ७० वर्षीय मोहम्मद मकबुल, ५० वर्षीय मोहम्मद शफीर २२ वर्षीय युसुफ हामिद पनि घाइते भएका छन्।

भारतीय सेनाले यो भिडन्तका क्रममा करिब ८ देखि १० जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। तर यसको औपचारिक पुष्टि हुन सकेको छैन। भारतले चरमपन्थीको घुसपैठसँगै पाकिस्तानी सेनाले युद्धविरामको उल्लंघन गरेको जिकिर गरेको छ। भारतको स्थल सेना अध्यक्ष जनरल बिपिन रावतले बताए अनुसार यस कारवाहीमा कमसेकम ६ देखि १० जना पाकिस्तानी सैनिक मारिए भने तीनवटा क्याम्प ध्वस्त भएका छन्।

भारत प्रशासित काश्मीरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गरी तीन भारतीय सैनिकसहित एक सर्वसाधरणको ज्यान गएको दाबी हिन्दुस्तान टाइम्सले गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तान प्रशासित काश्मीर क्षेत्रमा रहेका भनिएका आतंकवादी क्याम्पमा भारतीय सेनाले तोप हानेको थियो। सीमा क्षेत्रमा खटिएका गोर्खा सैनिक मारिएपछि भारतले पाकिस्तान नियन्त्रिय कश्मीरसँगको सीमा क्षेत्रमा गोलाबारी गरिरहेको छ।
–बीबीसी