देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पञ्जाबको पटाका कारखानामा बिस्फोट २३ को मृत्यु

देशान्तर

भारतको पञ्जाबमा बटालामा रहेको एक पटाका कारखानामा बिस्फोट हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । बिस्फोटका कारण कारखाना रहेको भवन भत्किएको छ । घटनामा अरु केही घाइते भएका छन् ।

पञ्जाबमा मुख्यमन्त्री अमरिंदर सिंहले घटनाको जाँच गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले घटनामा मृत्यु भएकाका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् ।

उपचार भइरहेका गम्भीर घाइते सातजनाको उपचारका लागि ५० हजार र अरु घाइतेका लागि २५ हजार प्रदान गर्ने पञ्जाब सरकारले जनाएको छ ।

तस्बिर: बिबिसी हिन्दि