देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नोभेम्बर २२ देखि ट्वीटरमा राजनीतिक विज्ञापन गर्न नपाइने

देशान्तर

सामाजिक सञ्जाल ट्वीटरमा नोभेम्बर २२ देखि ट्वीटरमा राजनीतिक विज्ञापन गर्न नपाइने भएको छ । ट्वीटरले सबै खालका राजनीतिक विज्ञापनलाई प्रवितबन्ध लगाउने भएको होे । ट्वीटरले आफूलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने बताएको छ ।

ट्वीटरका कार्यकारी अधिकृत ज्याक डोर्सीले इन्टरनेटमार्फत गरिने विज्ञापन निकै प्रभावकारी हुने र यो व्यापारका लागि ठीक भए पनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने बताउनु भएको छ ।

यसको विपरित फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने घोषणा गरिसकेको छ ।

ट्वीटरमा राजनीतिक विज्ञापन बन्दको समाचारसँगै राजनीतिज्ञ र आम–मानिस यसको पक्ष र विपक्षमा देखिएका छन् । यो प्रतिबन्ध आगामी नोभेम्बर २२ देखि कार्यान्वयनमा आउने बताइएको छ ।