देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली विषयमा बाहुनक्षेत्री  र नेवार विद्यार्थी गणितमा अब्बल

देशान्तर

विषयगत नतिजाका आधारमा नेपाली विषयमा छात्रा र गणितमा छात्रको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको छ ।

देशभरिका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयका १५ प्रतिशत र सामुदायिक विद्यालयको ६ प्रतिशतभन्दा बढी विद्यार्थीले ट्युसन पढ्ने गरेको उल्लेख गरिएको छ ।

केन्द्रले कक्षा ५ का गणित र नेपाली विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गरेको थियो । नेपालीमा सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थी र गणितमा ७ सय विद्यालयकै १४ हजार १ सय ७४ विद्यार्थीको उपलब्धि परीक्षण गरिएको थियो ।

सिक्नका लागि कसैबाट सहयोग नपाएको बताउने औसत नेपालीमा ५ सय १ र गणितमा ५ सय ४ छन् । नेपाली बुवाबाट भन्दा आमाबाट सिक्ने औसत धेरै छ भने गणितमा आमाको तुलनामा विद्यार्थीले बुवाबाट नजानेको कुरा सिकेको औसत धेरै छ ।

बुवाबाट सिक्ने नेपालीमा ४ सय ९७ र गणितमा ५ सय १ हुँदा आमाबाट सिक्ने नेपालीमा ५ सय २ र गणितमा ५ सय रहेको अध्ययनले देखाएको छ । दाजु वा दिदीबाट गणितमा ४ सय ९९ र नेपालीमा ५ सय र साथीबाट नेपालीमा ४ सय ९७ र गणितमा ४ सय ९५ रहेको छ ।

ब्राह्ममण/क्षेत्री नेपाली विषयमा सबैभन्दा राम्रा रहेको अध्ययनले देखाएको छ । काठमाडौंका नेवार समुदायका विद्यार्थी गणितमा सबैभन्दा राम्रा देखिएका छन् ।

स्नातकोत्तर तह पूरा गरेका अभिभावकका छोराछोरीको नेपाली विषयको सिकाइ उपलब्धि उच्च देखिएको छ । निरक्षर अभिभावकका छोराछोरी गणितमा सबैभन्दा राम्रा देखिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले कक्षा ५ का विद्यार्थीको सिकाइ उपलब्धिबारे अध्ययन गरेको प्रतिवेदनमा सो विषय उल्लेख गरिएको छ । प्रतिवेदन सोमवार सार्वजनिक गरिएको थियो ।