देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीपले काठमाडौंबाट ईपीएल खेल्ने

देशान्तर

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेट काठमाडौं किङ्सबाट खेल्ने भएका छन् ।

आयोजक ईपीएलले बुधबार नेपाली ग्लोबल आइकन सन्दीपले काठमाडौंबाट खेल्ने पक्का भएको जनाएको छ । काठमाडौं पूर्व कप्तान विनोद दासको प्रशिक्षणमा रहने छ । गत सिजन सन्दीपले च्याम्पियन टिम ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए । तर, सन्दीप बीचमा ईपीएल छाडेर बिग बास लिग खेल्ने अष्ट्रेलिया गएका थिए ।

गत सिजन सन्दीपले ललितपुरबाट २ खेलमा ३ विकेट लिएका थिए । यस संकरणको ईपीएल चैत १ देखि १५ गतेसम्म हुनेछ । यस संकरणमा विश्व क्रिकेटका हस्तीहरु हसिम अमला, मोहमद साहजाद, उपुल थरंगा, लियाम प्लुनकेट, ड्वाने स्मिथ जस्ता खेलाडीले खेल्नेछन् ।