देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले माल्दिभ्सलाई ८४ रनले हरायाे

देशान्तर

काठमाण्डौ – साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपालका लागि अलराउण्डर करण केसीले ४० रनको अविजित आक्रामक पारी खेले । उनले १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९र१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।

नेपालले सुरुवात भने राम्रो हुन सकेन । १५ रनमा पहिलो विकेट गुमाएको नेपालले ४२ रनमा दोस्रो तथा ४८ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि अरु २७ रन स्कोरबोर्डमा जोड्दा नेपालले थप दुई विकेट खेर फाल्यो ।

७५ रनमा पाँच विकेट गुमाएको नेपालले एक सय ३० रन बनाउँदा सात विकेट गुमाएको थियो ।

१ सय ६४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रनमा सीमित भयो । माल्दिभ्सका ४ जना खेलाडीले दोहोरो अंक जोडे । जसमा मोहमेद अजामले सर्वाधिक १६ रन बनाए भने मोहमेद रिसवानले १३ रन बनाए । नेपालका लागि सुसन भारी र ललित राजवंशीले समान २र२ विकेट लिए । त्यस्तै पवन सर्राफले १ विकेट हात पारे ।

यो जितसँगै नेपालको तीन खेलमा ४ अंक भएको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । सो खेलले नेपालका लागि स्वर्णका लागि खेल्ने नखेल्ने भन्ने तय गराउनेछ ।