देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा बाघको संख्यामा बृद्धि भएपछि सातौँ विश्व बाघ दिवस भब्यरुपमा मनाउने तयारी

देशान्तर

काठमाडौँ । नेपालमा बाघको संख्या उल्लेख्य बृद्धि भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस भब्य रुपमा मनाउने भएको छ ।

 

‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेअनुसार नेपालमा पनि शनिबार विश्व बाघ दिवस भब्य रुपमा मनाउन लागिएको हो ।

 

सम्मेलनले सन् २०२० सम्म बाघको संख्या दोब्बर बनाउने निर्णय गरेअनुसार नेपालमा पनि बाघको संरक्षण र संवद्र्धन हुँदै आएको छ । नेपालमा सन् २००९ मा १२१ को संख्यामा रहेका बाघ सन् २०१३ मा १९८ पुगेको थियो भने अहिले बाघको संख्या झण्डै दोब्बर भएको बताईएको छ ।
विभागका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रियरुपमा बाघ गणना हुँदै आएको छ । सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको बाघको संख्या दोब्बरले बढेको अनुमान गरिएको छ । बिभागले सन् २०१७ को गणना गर्न लागिएको बाघको बासस्थान थप्ने बिषयमा पनि जंगल पहिचान गर्ने काम भईरहेको जनाएको छ ।

सन् २०१३ मा चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए ।
विभागले सन् २००९ को तुलनामा सन् २०१३ मा बाघको संख्या ६५ प्रतिशत बढेको जनाएको छ । विभागले बाघको संख्या वृद्धि गर्नका लागि सन् २०१६ मा बाघ संरक्षणसम्बन्धी रणनीतिक योजना बनाएर काम गरिरहेको छ जसले बाघको संरक्षण हुनुका साथै जैविक मार्गको संरक्षण हुने विभागले विश्वास लिएको छ ।