देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेजाको सातौं अधिवेशन न्युयोर्कमा हुने

देशान्तर

न्युयोर्क (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ ।

अधिवेशन सम्पन्न गर्न संघकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरिएको छ । संघ कार्यसमितिको ८ डिसेम्बर २०१९ मा संघका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कन्फ्रेन्स कल बैठकले अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे २ र ३, २०२० मा अधिवेशन गर्न लागिएको हो ।

अधिवेशन सफल पार्न सहयोग गर्न र सहभागी हुन उत्तर अमेरिकामा रहेका पत्रकारहरुमा नेजाले विशेष अनुरोध गरेको छ ।