देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाको सचिवालय बैठक सुरु

देशान्तर

काठमाण्डाडौं । नेपाल कम्युस्टि पार्टी नेकपाको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टीको जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक बैठक बोलाएका हनु । नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।

तस्बिर: प्रचण्डको फेसबुकबाट

आगामी बैठकका एजेन्डा तय गर्नका लागि आज सचिवालय बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाभित्र लामो समयदेखि पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक बस्न नसक्दा पार्टीभित्रै असन्तुष्टि चुलिँदै जान थालेको छ । केन्द्रीय समिति बैठक पार्टी एकताको १८ महिनामा एकपटक निर्वाचन आयोगमा दल दर्ताका लागि मात्र बसेको छ । स्थायी समिति बैठक पनि लामो समय देखि बस्न सकेकै छैन ।