देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाका उपाध्यक्ष बामदेव गौतम श्रीमतीसङ्ग भ्यालेन्टाइन्स डे मनाउदै

देशान्तर

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले ‘भ्यालेनटाईन्स डे’ मनाएका छन्।

फेब्रुअरी १४ तारिखमा मनाइने भ्यालेनटाइन्स डेमा उपाध्यक्ष बामदेव गौतमले आफ्नी श्रीमती तुलसा थापालाई गुलाफको फूल दिएका हुन्।

शुक्रबार बिहान बामदेव गौतमका छोरा हरिश गौतमले बुबाले आमालाई गुलाफको फूल दिएको फोटो हालेका हुन्।

उक्त तस्विरमा बामदेव गौतमले आफ्नो घुँडाले टेकेर आफ्नी श्रीमतीलाई फुल दिएका छन्।

‘रोमान्टिक बाबा आमाको अगाडि हामी त फिक्का’ हरिशले लेखेका छन्।