देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नायिका गरिमा पन्तले सुटुक्क बिहे गरिन्

देशान्तर

काठमाडौं । पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नवराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र स्काउटमा नायक नवराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलहादुलहीको भूमिकामा देखा परेका छन् । नायक नवराज श्रेष्ठले रियलमा नभएर रिलमा मात्र सुटुक्क बिहे गरेका हुन् उक्त चलचित्र स्काउटमा ।

विभिन्न चलचित्रमा सफल अभिनय गरेर नेपाली दर्शक श्रोताहरूको मन जित्न सफल नायक नवराज श्रेष्ठको यस चलचित्रमा फरक खालको भूमिकामा बेजोड प्रस्तुतिको साथ अभिनय देख्न पाइने भएको छ िउनको मिलनसार स्वभाव, आफ्नो कामलाई सधंै पहिलो प्राथमिकता दिँदै मेहनतका साथ सम्पन्न गर्ने व्यवहारमा, उत्कृष्ट अभिनयको कारणले गर्दा नै उनी सबैको रोजाइमा पर्दै नेपाली चलचित्र क्षेत्रमा प्रिय बनेका छन् ।

खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड डेनभर कोलोराडो अमेरिकाको अध्यक्षसमेत रहेका नायक नवराज श्रेष्ठको चर्चा अहिले संसारभर चुलिएको छ । नेपाली चलचित्र, कलाकारिता क्षेत्रको लगाव, मोह अनि नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएर नेपाली चलचित्र उद्योगको हकहितमा गरेको उल्लेखनीय कामहरूले गर्दा नायक नवराज श्रेष्ठ पर्दामा मात्र नायक नभएर वास्तविक रूपमा चलचित्र उद्योगको नायक भएको कुरा चलचित्र विश्लेषकहरू बताउँछन् ।

मोफसलमा बसेर पनि सधंै नेपाली कला, संस्कृति, कलाकारितालाई माया गर्दै नेपाली चलचित्रको उत्थानलाई पहिलो प्राथमिकता दिँदै आफ्नो सम्पूर्ण जीवन यस क्षेत्रमा समर्पित गर्ने सोच लिएर अगाडि बढेका नायक नवराज श्रेष्ठको अन्य नयाँ चलचित्रहरू पनि चाँडै नै नेपाली दर्शक÷श्रोतामाझ आउने कुरा उनी बताउँछन् । नायक नवराज श्रेष्ठ चलचित्रका नायकमात्र नभएर एक सफल युवा व्यवसायी तथा वरिष्ठ समाजसेवीसमेत रहेका छन् ।