देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नादेझ्दा कप फुटबल खेल्न राष्ट्रिय महिला टिम किर्गीस्तान प्रस्थान

देशान्तर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम किर्गीस्तानमा आयोजना हुने ‘नादेझ्दा कप’ फुटबलका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले बुधबार १८ सदस्सीय नेपाली टोलीको घोषणा गरेको थियो । यस्तै एन्फाले बुधबार नै नेपाली टोलीको विदाई गरेको थियो ।

पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपका लागि १८ खेलाडी २३ सदस्सीय नेपाली टिम बिहिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपालले यस प्रतियोगितालाई घरेलु भूमिमा आयोजना हुने १३ औं सागको तयारीको रुपमा लिएको छ । नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले घरेलु टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

नेपाली टिमको गोलकिपरमा एन्जिला सुब्बा, अन्जना राना मगर परेका छन् भने, डिफेन्डर हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी अट्न सफल भएकि छिन् । मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु मिडफिल्डरमा अटाउदा फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई रहेकि छिन् ।