देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिकमा डेङ्गू विरामीहरुको चाप बढेपछि छुटै वार्डको व्यवस्था

देशान्तर

काठमाडौं । हालै मुलुकमा महामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेको अस्पतालले जनाएको छ ।

विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता विरामीहरुका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको विज्ञप्ति । सो वार्डमा हाललाई सुविधासम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ ।

वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको नर्भिकका संचार अधिकृत आरपी मैनालीले बताए ।

मैनालीका अनुसार सहुलियतपूर्ण दर÷रेटमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ । डेङ्गू ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।