देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्घटनामा परि अमेरिकामा तीन नेपालीको मृत्यु

देशान्तर

काठमाडौं । अमेरिकामा भएको सवारी दुर्घटनामा परि तीन जना नेपालीको मृत्यु भएको छ। अमेरिकाको मिजुरी राज्यमा सवारी दुर्घटना भएको हो। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा श्रद्धा ओझा, गोविन्द खनाल र शान्ता खनालको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ।

प्रहरीका अनुसार पछाडिबाट आएको सवारीले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा श्रद्धाका पति प्रभास र चार वर्षीय छोरी पनि गम्भीर घाइते छन्। उनीहरुको अबस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ।