देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्छौं : नेविसंघ अध्यक्ष

देशान्तर

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले मातृ पार्टी नेपाली कांग्रेस सत्तामा आएको दिन शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटामाथि कानुनी कारबाहीको माग गर्दै कांग्रेस सत्तामा आएको दिन नेविसंघले गरेको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिएका हुन् ।

प्रहरीले बिहीबार गरेको धरपकडको विरोधमा शुक्रबार कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले भने, “फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर लाठीचार्ज, कति बहादुर डीएसपी । ओली सत्ताबाट गएको दिन, कांग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं ।”