देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेड किलो सुन बरामद, तीन जना पक्राउ

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज(सोमवार) बिहान १ किलो ४ सय ग्राम सुनसहित तीन जनालाई प्ररीले पक्राउ गरेको छ ।

कतारको दोहाबाट हिमालय एयरलाइन्सको जहाजमा काठमाडौं आएका होमबहादुर गुरुङ र उक्त सुन लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कस्ट अन एरियामा जाँचका क्रममा तनहुँका होमबहादुर पक्राउ परेको प्रहरीले जनाएको छ। उनले मसला पिँध्ने ओखलमा उक्त सुन लुकाएर ल्याएका थिए ।

त्यस्तै उक्त सुन लिन पुगेका मोरङका अनिल लुइँटेल र भोजराज घिमिरेलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।