देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रकको ठक्करबाट जापानमा नेपाली विद्यार्थीको मृत्यु

देशान्तर

म्याग्दी  । अध्ययनका लागि तीन महिनाअघि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ। जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेले जानकारी दिए।

थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइएको थियो। अस्पताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए। ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

दुर्घटनाका कारण भएको मृत्युको केश भएकाले प्रक्रिया अलि लामो हुने र सोमबारसम्म घटनाको यथार्थ विवरण सार्वजनिक हुने बताइएको छ।  गिरी गत जुलाईमा स्टुडेन्ट भिसामा जापान गएका थिए।