देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी-ट्वान्टी वरियतामा धोनी र गेल भन्दा पारस अघि

देशान्तर

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आज (शनिबार) टी-ट्वान्टी क्रिकेटको नया बरियता सार्वजनिक गरेकोछ ।
जसमा नेपालका ३ खेलाडी अटाएका छन् । नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का, सोमपाल कामीबसन्त रेग्मी अटाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा रहेका छन् । कप्तान पारसले ९० रेटिङ अंक पाएका छन् । कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका आन्द्रे रसेल, क्रिस गेल, भारतका सुरेश रैना, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् ।

यस्तै ब्याटिङतर्फ कप्तान पारस ६८ औं स्थानमा रहेका छन् । ४१७ रेटिङ अंक पाएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।

बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । सोमपाल यथावत रहदै ७८ औं स्थानमा रहेका छन् भने बसन्त एक स्थान तल झर्दै ७२ औं स्थानमा रहेका छन् ।