देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टर्कीमा भएको भूकम्पमा मृत्यु हुनेको संख्यना २९ पुग्यो, १४ सय बढी घाइते

देशान्तर

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या २९ पुगेको छ । भूकम्पमा परि १४ सय भन्दा बढी मानिसहरू घाइते भएका बताइएको छ ।

शुक्रबार गएको ६।८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाएको थियो । भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।

बिबिसीका अनुसार भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ।

टर्कीमा प्रायजसो भूकम्प गइरहन्छ। सन् १९९९ मा पश्चिमी शहर इज्मिटमा गएको भूकम्पमा परि १७ हजार मानिसले ज्यान गुमाएका थिए।