देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झारखण्ड चुनाव : कंग्रेसको गठबन्धन बहुमततर्फ अग्रसर,

देशान्तर

झारखण्ड विधान–सभा चुनावको मतगणना अहिले जारी छ । सम्पूर्ण मतगणना नसकिएको भए पनि कंग्रेस, झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र राजदको गठबन्धनले बहुमत सिटमा अग्रता लिइरहेका छन् ।

मध्यान्न सार्वजनिक पछिल्लो मतगणनामा भाजपा ३१ स्थानमा अग्रता देखिन्छ । यो अघिल्लो विधानसभा निर्वाचनमा भाजपा ३७ स्थानमा विजयी भएको थियो ।

त्यस्तै कंग्रेस–जेएमएम–राजदको गठबन्धनले कुल ४० स्थानमा अग्रता लिएका छन् । त्यसमा जेएमएम २३ स्थानमा अग्रता, कंग्रेस १३ स्थानमा र राजता ४ स्थानमा अग्रता लिएको छ ।

८१ सिटको झारखण्ड विधानसभामा बहुमतको लागि ४१ सिटमा विजय हासिल गर्नुपर्छ । अहिलेको अग्रता अनुसारनै मत परिणाम आएमा झारखण्डको सरकाबाट पनि भाजपा बाहिरिनेछ ।