देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जारी साग अन्तर्गतको पुरुष फुटबलमा नेपालद्वारा भुटान ४-० गोल अन्तरले पराजित

देशान्तर

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरको हो ।

दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठले पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५० औं मिनेटमा सुजलले नै अर्को गोल थपे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका थिए भने खेलको ७७ औं मिनेटमा मिक्चेन तामाङले चौथो गोल गरे । उनले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक मार्फत् गोल गरेका थिए ।