देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जन्मोत्सवको अवसर पारेर सांसद दिब्यमणीकी आमाले गरिन् वाल अस्पताललाई पाँच लाख सहयोग

देशान्तर

काठमाडौं।  नेपाली कांग्रेसका सांसद दिब्यमणी राजभण्डारीको परिवारले खुल्ने तयारीमा रहेको गैरनाफामूलक बाल अस्पताललाई सहयोग गरेको छ ।

राजभण्डारी परिवारले डा। भगवान कोइरालाको नेतृत्वमा खुल्ने तयारीमा रहेको ुकाठमाडौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थुलाई पाँचलाख सहयोग प्रदान गरेको हो ।

सांसद राजभण्डारीकी आमा टंक कुमारी राजभण्डारीको ८९औं जन्मोत्सवको अवसर पारेर आमाकै इच्छामा बाल अस्पताललाई सहयोग गरिएको हो ।

काठमाडौं क्षेत्र नम्बर ४ मा रहेको बुढानिलकण्ठ नगरपालिका निवासी सांसद राजभण्डारीको निवासमै आमा टंक कुमारीले बाल अस्पतालका प्रमुख डा। भगवान कोइरालालाई रकम हस्तान्तरण गरिन् ।

सांसद भण्डारीका छोरा सिदार्थमणि राजभण्डारीले नेतृत्व गरेको एनसीइसी ग्रुपको तर्फबाट २ लाख र परिवारको तर्फबाट ३ लाखसमेत गरि वाल अस्पताललाई जम्मा ५ लाख उपलब्ध गराइएको हो ।

वाल अस्पतालको तर्फबाट रकम ग्रहण गर्दै बरिष्ठ मुटु रोग बिशेषज्ञ तथा अस्पतालका अध्यक्ष भगवान कोइरालाले सहयोगी हातहरुलाई धन्यवाद दिंदै अस्पतालको सुरुवाती काममा यस रकमले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

सन् २०२२ सम्ममा गैरनाफामुलक गुणस्तरीय १०० सैयाको वालअपस्ताल काठमाडौमा बनाउने लक्ष्यका साथ डा। कोइराला र उनको टिम खटिरहेको छ ।