देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जंगली हात्तीको आक्रमणबाट चितवनमा २ जनाको मृत्यु

देशान्तर

चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ। माडी १ बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरुवाबाट बादरझुलातर्फ लु३१प २९११ नम्बरको मोटरसाइकलमा गइरहेका उनीहरुलाई बाटोमा शनिबार बिहान ९:३० बजे जंगली हात्तीले आक्रमण गरेको थियो। दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताए।

घटनालगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीय घटनास्थलमा पुगेका छन्। चितवन राष्ट्रिय निकुन्जले घेरिएको माडीमा वन्यजन्तुको आक्रमणबाट पटकपटक ठूलो धनजनको क्षति भइरहेको छ। यसअघि एक महिना अघि पनि एक वृद्दाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।