देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावी जित्नु र सफल नेता हुनु फरक छ

देशान्तर

क्रान्ती राज पौडेल

प्यारो काका तथा आदरणीय कमरेड
सर्वप्रथम त राजनैतिक, बैचारिक, सैद्धान्तिक रुपमा फरक हुँदै गर्दा तपाइलाई मेरो आफ्नो ठाँउ महालक्ष्मी नगरपालिका धनकुटाको मेयरका रुपमा पाउँदा म मा हर्ष र बिस्मत दुवै छ । बिस्मत यस कुरामा छ कि मेरो बैचारिक धरोहरलाई भन्दा तपाइको संगठनिक आधारलाई यो ठाउका केही बढी मान्छेहरुले रुचाएका छ्न । र हर्ष को कुरा यो रह्यो क आफुलाइ अबल कम्युनिष्ट ठान्नेहरु आज जनताको बिचमा गएर बहुदलमा विश्वास रखेर चुनाव लड्दैछ्न र बहुदलिय लोकतान्त्रिक संस्कारलाई शिरोधर गर्दै छ्न अतः यसले मेरो सैद्धान्तिक जित भएको महसुस भएको छ । हर्ष यतिमा मात्र छैन मैले मेरो मेयर केवल फरक राजनैतिक धारको व्याक्ती मात्र नभएर एउटा कुसल ,सलिन र सर्वाधिकरुचाइएको मान्छे पाएको छु ।

व्याक्तिगत रूपमा हाम्रो चिन्जान कहाँ र कहिले भयो त थाहा छैन तर जेहोस मैले जहाँ र जसरी तपाइँलाई चिने त्यो एउटा पर्सुराम कमरेडको रुपमा नभएर आफ्नु आफन्त,मनले चाहेको व्यात्ती ,आदर्शको मार्गदर्शक, सलिन व्यात्तित्व , मिजासिलो व्यवाहार, अनि स्पष्ट बक्ताको रुपमा थियो,छ र आश गरौ सदैब रहिरहनेछ । राजनैतिक रुपमा फरक फरक विचार अनि नीति अपनाउने हामी व्यक्तिगत रूपमा नजिक थियौ । विधार्थी राजनीति देखि मेयरसम्म आइपुग्दा तपाइका धेरै थोरै राजनैतिक कठिनाइ र भोगाइ प्रती म पनि नजिक वाटै परिचित छु ।
तर तपाइको जितको आधार यति मात्र थिएनन ! अत्याधिक प्राचारवादी क्षमता ,मौलाएको सङठन अनि राम्रै अन्धो प्रचार ,सम्भवत यी तिनओटा कारणले तपाईलाई महालक्ष्मी नगरपालिकाको पहिलो मेयरको रुपमा उभियाएको छ । जे जस्तो होस मेयरको रुपमा विजयी हुनुभएकोमा हृदय देखिनै हार्दिक बदाइ अनि सफल र सबल कार्यकालको शुभकामना ।
प्यारो काका अनि आदरणीय कमरेड अब अवसर सग–सगै अत्याधिक जटिल परिस्थिति तपाईं सामु छ । चुनावी माहोलमा तपाइको मेयर यात्राका दृश्य अदृश्य अगौटे अनि पछौटे यी सबैलाई अबका दिनमा समेट्नु त छदै छ त्यो भन्दा बाहेक सम्झना राख्नु होला तपाईंको नजरमा विरोधी अनि तपाईंको भन्दा फरक बैचारिक धारण अपनाउने बहुसंख्यक जनतालाई नि समेट्नु छ ।
चुनावी मैदानमा उभिदै गर्दा हारदेखि डराउनु र प्रतिद्वन्द्वी प्रति आक्रोसित हुनु सबै उम्मेद्वारका सामान्य बिशेषता हुन । तपाईंले चुनाव जित्नका निम्ति जुन शैली अपनाउनु भयो, जुन अभिव्यक्ति दिनुभयो र हामिलाइ जुन रुपले लिनुभयो त्यो शैली तपाइलाइ पनि व्याक्तिगत रुपमा ठिक नलाग्या होला । तर यो चुनावी रणनीति थियो यसलाइ हामी बुझ्छौ पनि र बुझेका पनि छौ । तर यहि शैली ले तपाईंलाई चुनाव त जितायो तर अब सफल मेयर भने बनाउने छ या छैन हेर्न बाकी छ । चुनाव जित्नका निम्ति पारी घुमाउनेवासि को मन जित्न जसरी वारि जितपुरलाई झुलाउनु भयो, डाडागाउमा फराकिलो मत प्राप्त गर्न जसरी कौलचौरलाइ भुलाउनु भयो यी तपाईका चुनावी रणनीतिले तपाईंको ब्याक्तिगत क्षमताको नापतौल गर्ने नै छ ।
इतिहासलाई फर्केर हेर्ने हो भने जसरी कांग्रेस र एमाले ले राजनैतिक रुपान्तरणको एजेन्डामा सहज रुपले सहमती गरेर अघि बढेर देशलाई निकास दिदै यो परिवर्तनको बाटोमा ल्याइपुर्याए त्यसरी नै तपाईंले आफ्ना अरौटे र भरौटेलाई मात्र आफ्नो नसम्झी सिङ्गो महालक्ष्मीको विकासको निम्ति नेतृत्वदायी भूमिका खेल्दै सम्पूर्ण मन मुटु र आस्थालाई समेट्दै देशकै नमुना नगरपालिका बनाउने हुनेछ भन्ने विस्वास लिएको छु । स्वास्थ शिक्षा यातायातको निम्न पहुँच भएपनी अझ सुदृढ र सबल बनाउनका निम्ति सम्पुर्ण नगरवाशीलाइ समेटेर छलफल गरि उदाहरणिय काम गर्नुहुने मा विस्वस्थ छु । विकासको पहिले खुड्किलाको रुपमा लीएको युवा प्रोत्साहन को नीति र नियम सम्पूर्ण युवा समक्ष पुग्नेमा विस्वास लिदै तपाईंको कार्यकालमा हाम्रो र राम्रो महालक्ष्मी भन्न पाइनेमा विस्वस्त छु । फर्केर हेर्ने हो भने राजनैतिक परिवर्तनका निम्ति कांग्रेस मार्गदर्शक हो भने एमाले यसको राम्रो सहयात्री हो । इतिहासमा प्रस्ट छ कांग्रेसले परिवर्तनका निम्ति नेतृत्वदायी भुमिका अङ्गाल्दै गर्दा एमाले ले साथ दिएको छ भलै छिटो या ढिलो ।
देशमा परिवर्तन आइसकेको छ थुप्रै राजनैतिक दल छन जसअनुरुप महालक्ष्मी मा पनि यी सम्पूर्ण दलका फरक फरक विचार र सिद्धान्त छन , तपाईंको नेतृत्वमा महालक्ष्मी न पा ले सम्पूर्ण विचार समेट्दै अघि बड्ने छ या छैन भविश्यले देखाउने छ । सम्पूर्ण महालक्ष्मीवासीलाइ समेट्दै विकसित र शिक्षित महालक्ष्मी तर्फ जानुहुने छ या आफ्ना अरौटे र भरौटे समेट्दै इतिहासको कालो मेयर बन्नुहुने छ तपाईंकै हातमा छ । सम्पूर्ण वडा समेट्दै विकसित र समृद्ध महालक्ष्मी बनाउने अभियानमा आफ्नो प्रचारवादी ए मा ले को मत्रै नभइ सम्पुर्ण नगरवासिको मेयर को रुपमा स्थापित हुनुहुने छ या छैन भविश्यले देखाउने छ । महालक्ष्मी नगरपालिका भन्दा ठूलो चुनावी परिणाम हुन सक्दैन तसर्थ जित र हार को लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिएर नगरवासीको ढुकढुकिमा रहदै पाँच वर्ष पछि उदाहरणिय मेयरको रुपमा विदाइ गर्न पाइने मा आशावादी छु । सुन्दर शान्त शिक्षित हरियाली र सम्पन्न महालक्ष्मी हाम्रो सपनाको महालक्ष्मी तपाईंको कर्यकालमा विपनामा परिणत हुन सुरुवादी कदम चालिनेमा आसावादी छौ र यश कुरामा मेरो र हाम्रो साथ सदैव रहनेछ ।
जय नेपाल
(पौडेल नेपाल ईन्जिनियरिङ कलेजका नेपाल बिद्यार्थी संघका नेता हुन्)