देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनमा देखिएको भाइरसबाट संक्रमण हुनेको संख्या बढ्दै

देशान्तर

बेइजिङ / चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमण हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनका सरकारी अधिकारीले नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइए पनि बेलायती वैज्ञानिकहरुले १ हजार ७ सय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन् । गत डिसेम्बरमा चीनको वुहान शहरमा देखापरेको भाइरसबाट दुई जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो पटक गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षिय वृद्धाको मृत्यु भएको बताइएको छ । नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनले विानस्थलमा चेकजाँचमा कडाइ गरेको बीबीसीले जनाएको छ । वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट अत्याधिक मानिसले यात्रा गर्ने भएकाले संक्रमणप्रति सचेत रहेको अधिकारीहरुले जनानएका छन् ।

चिनमा नयाँ वर्ष मनाउनका लागि आगामी हप्ता चीन र अरु एशियाली मुलुकबाट लाखौं मानिसको चहलपहल हुने भएकाले संक्रमण थप फैलन सक्ने आशंका गरिएको छ ।