देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनमा कोरोना भाइरसका कारण ८० जनाको मृत्यु

देशान्तर

चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ । निकै तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ देखि ७६ को बीचमा रहेको छ भने चार जनाको अन्यत्रै मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भीर बिरामी छन् । ५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् । कम्तीमा दुई हजार शैय्या क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदै छ ।