देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनबाट नेपालीलाई ल्याउन अझै आलटाल, अनशन बस्ने अभिभावकको चेतावनी

देशान्तर

काठमाण्डौं । चीनमा नोवल कोरोना भाइरसको संक्रमण फैलिरहेकाबेला वुहान शहरमा रहेका नेपालीलाई ल्याउन सरकारले भने अझै आलटाल गर्दै आएको छ । वुहान सहरमा रहेका १८० भन्दा धेरैले नेपाल आउनका लागि नेपालि दुतावासमा निवेदन दिएपनि सरकारले अझै उनिहरुलाई फर्काउन सकिरहेको छैन ।

यता अभिभावकहरूले भने मानव अभिकार आयोग जाने भएका छन् । आफ्ना छोराछोरी र आफन्तलाई सरकारले ल्याउन अग्रसरता नदेखाएको भन्दै अभिभावकहरूले त्यसविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन् ।

सरकारले आश्वासन मात्रै दिएको भन्दै उनीहरू सरकारविरुद्ध आक्रामक भएका हुन् ।

अभिभावक विमला श्रेष्ठका अनसार सरकारले झुटो आश्वासन दिएको भन्दै अब संगठित भएर मानवअधिकार आयोज जाने तयारी भएको छ ।