देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चस्व

देशान्तर

नेपाल चिकित्सक संघमा एक जना सदस्य बाहेक सबै पदमा नेपाली कांग्रेस निकट डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह विजयी भएको छ। संघको हालै सम्पन्न निर्वाचनको मत परिणाममा सबैभन्दा बढी मत अध्यक्षमा विजयी भएका डा लोचन कार्कीले ल्याएका छन् ।

संघको २८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो। जसमा डा कार्कीले ४ हजार १११ मत ल्याए । डा कार्कीले आफ्ना प्रतिस्पर्धी डा पुष्पमणि खरालभन्दा २ हजार १३२ मत बढी ल्याएका हुन्। नयाँ कार्यसमितिमा पेशागत समावेशी समूहबाट डा लिजन महर्जन मात्र सदस्यमा विजयी भएका हुन्। डा महर्जनले २ हजार ८७२ मत ल्याएका छन्। डा महर्जनले लोकतान्त्रिक समूहका डा विक्रान्त ढकाललाई २८६ मतले पछाडी पार्दै विजयी भएका हुन्।

अध्यक्षमा विजयी डा कार्कीपछि सबैभन्दा धेरै मत उपाध्यक्षमा विजयी भएका डा अनिल कार्कीको मत आएको छ। उनको ३ हजार ९४५ मत आएको छ।

त्यसपछि सबैभन्दा धेरै मत ल्याउनेमा सहकोषाध्यक्षमा विजयी डा विश्वराज दवाडी रहेका छन्। उनको ३ हजार ९३५ मत आएको छ। यस्तै, सहसचिवमा विजयी डा निरजकुमार सिंहको ३ हजार ७९० मत आएको छ। सदस्यमा सबैभन्दा धेरै मत ल्याएर डा रितेश थापा विजयी भएका छन्। उनको ३ हजार ७१७ मत आएको छ। त्यसपछि डा नन्दाकुमारी गुरुङको ३ हजार ३१६ मत आएको छ।