देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सक संघमा डा. लोचन कार्कीको उम्मेदवारी

देशान्तर

काठमाडौं । नेपाल चिकित्सक संघको कार्यकारी समितिको माघमा हुने निर्वाचनका लागि १३ पदमा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । संघमा लोकतान्त्रिक समूहबाट अध्यक्षका लागि वर्तमान महासचिव डा. लोचन कार्कीले उम्मेदवारी दिएका छन् । उनलाई प्रगतिशील खेमाका डा. पुष्पमणि खरालले चुनौती दिएका छन् ।

हिजो शनिबार मनोनयन दर्ताको अन्तिम दिन थियो । लोकतान्त्रिक प्यानलको नेतृत्व गरेका कार्कीको समूहमा महासचिव पदमा डा. बद्री रिजालले उम्मेदवारी दिएका छन् । उता प्रगतिशीलतर्फ भने महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । डा. मधुर बस्नेत, डा. दीपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्रले महासचिवमा उम्मेदवारी दिएका छन् । प्रगतिशील खेमाले डा. बस्नेत आधिकारिक उम्मेदवार भनेको छ । तर डा. पाण्डे र डा. मिश्र पनि प्रगतिशील निकटकै हुन् ।

त्यसैगरी लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिल कार्की, सहसचिवमा डा. निरज सिंह, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी र सहकोषाध्यक्षमा डा. विश्वराज दवाडीले उम्मेदवारी दिएका छन् ।

उता प्रगतिशीलबाट वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रणजीरकुमार झा, सहसचिवमा डा. शैलेन्द्र झा, कोषाध्यक्षमा डा. सञ्जीवकुमार साह, सहकोषाध्यक्षमा डा. प्रमोद जोशी र डा. उयनारायण सिंहको उमेदवारी परेको छ ।

त्यसैगरी ६ सदस्यका लागि १५ जनाको उमेदवारी परेको छ । सदस्यहरूमा लोकतान्त्रिक प्यानलबाट डा. रितेश थापा, डा. नन्दाकुमारी गुरुडलगायत छन् ।