देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र ‘सम्झना बिर्सना’ को पहिलो पोस्टर सार्वजनिक ,रिलिज मिति घोषणा

देशान्तर

निमेष प्रधान निर्देशित लभस्टोरी जनरामा निर्मित फिल्म ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ । पोस्टरमा पूजा घोडामा सवार छिन् । भने, आकाशले घोडालाई डोर्‍याइरहेका छन् ।

फर्स्टलुक पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ‘सम्झना बिर्सना’ आउँदो वर्ष २०७७ को जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको हो ।

सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् । फिल्मको सम्पादन गर्ने जिम्मेवारी तारा थापा ‘किम्भे’ को काँधमा छ । त्यस्तै, फिल्ममा कमल राईको कोरियोग्राफी र शिशिर राणाको संवाद छ । निर्देशक निमेषले युवा पुस्तालाई लक्षित गरेर फिल्म बनाएको बताए । यो उनको डेब्यू निर्देशित फिल्म हो ।