देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘चपली हाइट ३’ को शुभमुहूर्त गरियाे

देशान्तर

काठमाडौं । फिल्म  ‘चपली हाइट ३’को शुभमुहूर्त गरिएको छ । मंगलबार राजधानीको कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरिएकाे हाे । फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

यसअघि ‘चपली हाइट’ नामका दुई फिल्म निर्माण भइसकेका छन् । फिल्मको तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने निर्माण टिमले जनाएको छ । फिल्मलाई सस्पेन्स थ्रिलर भनिएको छ ।

निकेश खड्काले निर्देशन गर्ने फिल्मको छाया‍ंकन मंसिर ५ गतेदेखि थालिनेछ । ‘चपली हाइट’ को पहिलो भागले व्यावसायिक सफलता हात पारेको थियो भने दोस्रो फिल्मले खासै राम्रो व्यापार गर्न सकेको थिएन । पहिलो र दोस्रो भागलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए ।