देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोकुल बाँस्कोटाको निष्पक्ष छानबिन गर्न कांग्रेस सहमहामन्त्री महतको माग

देशान्तर

 

काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्वमन्त्री डाक्टर प्रकाश शरण महतले गोकुल बाँस्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गरेका छन् ।

आज नेपाल प्रेस युनियन पर्साले बिरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री महतले उक्त प्रकरणमा अरु पनि हुन सक्ने आशंका गर्दै निष्पक्ष छनबिनको माग गरेका हुन् ।

‘यो प्रकरणमा बाँस्कोटा एक्लै संलग्न होला भनेर भन्न सक्ने अवस्था छैन, यसबारे सत्यतथ्य छनबिन गरेर यथार्थ बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछु, उनले भने । काठमाडौंमा हिजो नेपाल विद्यार्थी संघका नेताकार्यकर्तामाथी प्रहरी गरेको दमनप्रती आपत्ति जनाउँदै महतले पुलिसलाई सरकारमुखी नबनेर जनता प्रती उत्तरदायी बन्नुपर्ने बताए ।

भ्रष्टाचारको विरुद्ध विरोध गर्दा पुलिसले लाठीचार्ज गरेको भन्दै भ्रष्टाचारको संरक्षणमा पुलिस प्रसासन नलाग्न पनि सहमहामन्त्री महतले आग्रह थियो । प्रधानमन्त्रीले गोकुल प्रकरणबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने पनि डा महतले माग गरे । सरकार भ्रष्टाहरुको झुण्ड हो भन्ने उदाहरण गोकुल बाँस्कोटाको अडियो काण्डले प्रमाणित गरेको पनि महतले दाबी गरे ।