देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलकुद क्षेत्रको बजेट बढाउँछुः प्रधानमन्त्री

देशान्तर

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने भन्दै मर्यादा र संस्कृति स्थापित गर्न पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए ।

उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे ।

उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।