देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट चीनमा थप ९१ को मृत्यु

देशान्तर

काठमाडौं, २७ माघ । कोरोना भाइरसको संक्रमणबाट चीनमा थप ९१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । तिमध्ये चीनमा मात्रै मृत्यु हुनेको संख्या ९ सय २ रहेको छ ।

फिलिपिन्स र हङकङमा थप एक–एक जनाको मृत्यु भएको छ । यस्तै चालिस हजारभन्दा बढीमा संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण भेटिएको छ ।

यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशँकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ ।

जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन दिइएको हो । कोरना संक्रमणको आशंकामा जहाजका ३ हजार ६ सय यात्रु र चालक दलका सदस्यलाई जहाजबाट उत्रन दिइएको थिएन । जापानमा पनि एउटा जहाजमा रहेका यात्रु भने ६ दिनदेखि डाक्टरको निगरानीमा छन् ।

एकजना कोरोना संक्रमित जहाजमा रहेको पाइएपछि जहाजका सबै तीन हजार सात सय नागरिकलाई क्वारेन्टाईनमा राखिएको हो । कोरोनाभाइरसको संक्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू बिस्तारै काममा फर्किने तयारीमा रहेका छन ।

ठूलो संख्यामा कम्पनी र व्यापारहरू बन्द नै रहने बताइएको छ । राजधानी बेइजिङलाई घेर्ने हुबे प्रान्तमा कम्तीमा मार्च १ तारिखसम्म विद्यालयहरू बन्द गरिने भएको छ ।