देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

देशान्तर

काठमाडौं । केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ। बैठक ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ।

सचिवालयले बुधवार (भोलि) बाट शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गतेका लागि बोलाएको थियो। तर, माघ ९ को राष्ट्रिय सभाको तयारीका लागि भन्दै बैठक सारिएको थियो।

भोलिबाट केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा चल्नेछ। नेकपामा पार्टी एकतापछि औपचारिक रुपमा पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा आमन्त्रित सदस्यसमेत गरी कूल ४४७ जना सहभागी हुने बताइएको छ।