देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केकेएफसी अब बुटबलमा पनि

देशान्तर

बुटवल । क्रिस्पी, क्रन्ची चिकेन पाइने रेष्टुरेन्ट केकेएफसीले राजधानी बाहिर आफ्नो पहिलो आउटलेटको शुभारम्भ बुटवलबाट गरेको छ । शुक्रबार बुटवलको कालिकानगरमा नायिका पुजा शर्माले केकेएफसीको राजधानी बाहिरको पहिलो आउटलेटको उद्घाटन् गरिन् ।

उद्घाटनको दिन ग्राहकहरुलाई विद्यार्थीलाई १५ प्रतिशत र अन्यलाई १० प्रतिशत छुट दिइएको छ । यसैगरी पेय पदार्थ भने निशुल्क उपलब्ध गराइएको रेष्टुरेन्ट संचालकले जनाएका छन् । दुई भाग्यशाली ग्राहकलाई एक वर्षसम्म सित्तैमा केकेएफसीका खनाहरु उपलब्ध गराइने जनकारी दिइयो । यसैगरी बुटवल आउटलेटको उद्घाटनको तस्बिर केकेएफसीको फेसबुक पेजमा पठाउने र अन्य पाँच साथीलाई रिकमेन्ड गर्ने ग्राहकले फ्रि फुड भउचर पाउने रेष्टुरेन्टले जनाएको छ ।

केकेएफसीले आफ्नो पहिलो आउटलेट न्युरोडको पिलुल्स प्लाजामा खोलेको थियो । विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक गरेको केकेएफसी रेष्टुरेन्टले फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किदै आएको छ ।