देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्नेमा सभापति देउवाको जोड 

देशान्तर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने दोहो¥याउनुभएको छ । सरकाले राष्ट्रवादको नारा दिएपनि त्यो अनुसार काम गर्न नसकेको आरोप देउवाको थियो । नेपाल प्रेस युनियन कञ्चनपुरले आज कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको दोहो¥याउनुभयो । ‘कालापानी हाम्रो हो, महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो’, देउवाले भन्नुभयो ‘सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।’ महाकाली सन्धि अनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको सभापति देउवाको भनाइ थियो ।