देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुन बैंकको ब्याजदर कति ?

देशान्तर

काठमाडौं । वाणिज्य तथा विकास बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यसैक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले गत मंगलबारदेखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ६ देखि ८.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । ९१ दिनका लागि ६ प्रतिशत, १८२ दिन सरममका लागि ७ प्रतिशत, २ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ३ वर्षका लागि ६.५ प्रतिशत व्यक्तिगत निक्षेपमा ब्याज बैंकले तोकेको छ । भने संस्थागत तर्फमा ९१ दिनसम्मका लागि ६ प्रतिशत, १८२ दिनको लागि ७ प्रतिशत, १ वर्षको लागि ७.५ प्रतिशत, २ वर्षका लागि ५.५ प्रतिशत, ३ वर्षभन्दा माथिको लागि ६ प्रतिशत ब्याजदर तोकेको छ ।

कल डिपोजिटमा भने ३.५० प्रतिशतदेखि माथि दिने भएको छ । बैंकले हाल ८ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा ४ देखि ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ७.६३ प्रतिशत रहेको छ भने स्प्रेडदर ५.५८ प्रतिशत रहेको छ । हाल बैंकले १६ प्रकारका कर्जा प्रवाह गरी रहेको छ । ती कर्जाहरूमा न्यूनतम ९.६३ देखि १५.३१ प्रतिशतसम्म ब्याजदर बैंकले तोकेको छ । जसमध्ये बैंकबाट ओभर ड्राफ्ट कार्डबाट कर्जा लिनेले १२.६३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट व्यक्तिगत कर्जा लिँदा १५.३१ प्रतिशत, ग्रामिण प्राथमिक कर्जा १४.६३, होम लोन १२.६३, अटो लोन १२.६३ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

यसैगरी नबिल, जनता र सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा तीन वटा बैंकका ब्याजदर समान रहेको छ । जसमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ । त्यस्तै बचतमा भने बैंकको ब्याजदरमा भिन्नता छ । ्
जनता बैंकले बचतमा ६.५० प्रतिशत, सनराइज बैंकले ६ र नबिल बैंकले बचतमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने जनाएका छन् । हाल नबिल बैंकको १७ वटा बचत खाता सञ्चालनमा छन् । जसमा अधिकतम ५.७५ र न्यूनतम ३.७५ प्रतिशत ब्याज रहेको छ । त्यस्तै सनराइज बैंकको बचतमा अधिकतम ६ र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १७ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यता जनता बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसको बचतमा ब्याज ६.५० प्रतिशत छ ।

नबिल बैंकले असोज मसान्तसम्मको आधारदर पनि सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकबाट अन्य प्रकारका कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ ।

त्यस्तै शैक्षिक धितोकर्जा १२.९४ अटो लोन १२.९४, विद्युतीय सवारीसाधन खरिदका लागि ११.४४, हाउजिङ लोनमा १२.४४ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

सनराइज बैंकले पनि असोज मसान्तसम्मको आधारदर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधारदर ९.९७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १५.९७ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकबाट रियल स्टेट, घर कर्जा, शैक्षिक धितोकर्जा, कृषि कर्जा, सुन धितो राखेर कर्जा लिँदा १५.९७ प्रतिशतसम्म ब्याज लाग्नेछ । यता जनता बैंकले असोज मसान्तसम्मको आधारदर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तको आधार दर १०.१३ प्रतिशत छ । बैंकबाट ऋण लिनेले १६.१३ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकबाट ऋण लिँदा टर्म लोन, हाउजिङ लोन, अटो लोन, शैक्षिक धितो कर्जा, सेयर धितो कर्जा लिँदा बैंकमा १६.१३ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

सबैभन्दा सस्तो वाणिज्य बैंक

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिष्य वाणिज्य बैंकले पनि कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । गत शुक्रबार अर्थात् कात्तिक १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको बैंकले विभिन्न कर्जाको नयाँ ब्याजदर लागू गरेको हो । बैंकले असोज महिनाको आधारदर (बेसरेट) ६.६० प्रतिशत भएको विवरण सार्वजनिक गरेको छ । र, यसै बेसरेटमा सम्बन्धित रहेर विभिन्न शीर्षकका कर्जामा भिन्दाभिन्दै किसिमको प्रिमियम थप गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । वाणिज्य बैंक कर्जाका लागि सबैभन्दा सस्तो बैंक हो ।

बैंकले घर किन्न ९ प्रतिशतदेखि ११.५ प्रतिशतको ब्याजदरमा घरकर्जा दिनेछ भने ९.६० प्रतिशतदेखि १०.६० प्रतिशतमा गाडी खरिद गर्न कर्जा दिनेछ । तर विद्युतीय गाडी किन्नु परेमा ८.६० प्रतिशत ब्याजदरमा ऋण दिनेछ । त्यस्तै, सेयर धितो राखेर बैंकले १० प्रतिशतदेखि १२ प्रतिशतसम्म कर्जा दिनेछ । वाणिज्य बैंकबाट चालु पुँजी कर्जाअन्तर्गत ओभर ड्राफ्ट, हाइपोथिकेसन, धितो कर्जा, आवधिक कर्जाअन्तर्गत औद्योगिक व्यापारिक, हाउजिङ रियरलस्टेट कर्जा लिन ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्नेछ । त्यस्तै, सुन धितोमा कर्जा लिन १२ प्रतिशत ब्याज तिर्नुपर्नेछ । भने सरकारी धितो सुरक्षण राखेर भने ९.६० प्रतिशत ब्याज तिर्नुपर्नेछ ।

बैंकले प्राथमिक प्राप्त क्षेत्रमा १०.६० प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ । विपन्न वर्ग कर्जाअन्तर्गत व्यक्तिगततर्फ ९ प्रतिशत, संस्थागततर्फ ८.६० प्रतिशत ब्याज तिर्नुपर्नेछ । सहुलियतपूर्ण कर्जाका लागि ८.६० प्रतिशत, टीआर÷आयात कर्जाका लागि ८.६० प्रतिशत ब्याजदर लागू हुनेछ । बैंकले निर्यातका लागि भने धेरै नै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले निर्यातका लागि ७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । व्यक्तिगत कर्जा (पीजी लोन)का लागि भने बैंकले ११ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज लिनेछ । अर्को आधारदर प्रकाशित नभएसम्मका लागि बैंकले शुक्रबार प्रकाशित गरेको ब्याजदर लागू हुने जानकारी दिएको छ ।

यता कुमारी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १९ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा ८.५० प्रतिशत छ । बैंकले १९ वटा बचत सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ५.५० प्रतिशत र ६.५० प्रतिशत ब्याजदर तोकेको छ । यूएसडी सेभिङ अकाउन्टमा भने २.५० ब्याजदर तोकेको छ । बैंकको बेसरेट १०.८९ प्रतिशत र स्प्रेडदर ३.७५ प्रतिशत रहेको छ । बैंकले हाल १५ प्रकारका कर्जा दिइरहेको छ । जसमा ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १६.६८ प्रतिशत ब्याज तिर्नुपर्ने छ । त्यस्तै, बैंकले होम लोन, एजुकेसन लोन, अटो लोन, प्रोफेस्नल लोन, सेयर धितो कर्जा र अन्य कर्जा लिनेका लागि भने १८.६८ प्रतिशत ब्याज तोकेको छ ।