देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस बैठक : महाधिवेशनको कार्यतालिका संशोधन

देशान्तर

काठमाण्डौ । शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो ।

गएको मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठब वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेपछि सुरुभएको विवाद त्यसको डेढ महिनापछि माघ १० मा बूढानिलकण्ड बैठकमा टुंगिएको थियो ।

बूढानिलकण्ठ बैठक अनुसार नै सोमबार केन्द्रीय कार्यसमिति बैठक बसेर १४ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन अर्को वर्ष फागुन ७ गतेदेखि १० गतेसम्मलाई यथावत नै राखेर अन्य तालिका हेरफेर गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

संशाेधित अधिवेशनकाे कार्यतालिका

(क) गाउँ/नगर वडा अधिवेशन – २०७७ कात्तिक १६ गते
(ख) गाउँ/नगरपालिका  अधिवेशन – २०७७ कात्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २५ गते
(च) सातै प्रदेशकाे अधिवेशन – २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन – २०७७  फागुन ७, ८, ९ र १० गते काठमाण्डाै ।

यस्तै बैठकले पार्टीकाे अन्तरिम संरचना समायोजनकाे काम माघ मसान्तभित्रै सक्ने निर्णय पनि गरेकाे छ । यस्तै क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । यसको संयोजक र सदस्यहरु भने नेताहरुसँग छलफल गरेर पार्टी सभापतिले ताेक्ने निर्णय भएकाे छ ।