देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता बलदेव पोखरेलको निधन

देशान्तर

रुपन्देही । प्रदेश ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो ।

छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।

वि.सं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिनुभएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्य थिए । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन् ।