देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक आज

देशान्तर

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेसले जनाएको छ । महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
शुक्रबार बसेको शीर्ष नेताले बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो ।
कांग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भइरहेको केन्द्रीय सदस्य कल्याण गुरुङले बताउनुभयो ।
पुस ११ गतेको केन्द्रीय समिति बैठकले अर्काे वर्ष मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो । २०७७ मंसिर ९ मा गाउँ÷नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ÷नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, मंसिर १७ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, मंसिर २५ मा जिल्ला अधिवेशन, पौष १५ गते र फागुन ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ।