देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा आन्तरिक बिबाद अन्त्य गर्दै आन्तरिक मेलमिलापको खाँचो

देशान्तर

काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निधनको पनि ३७ वर्ष पूरा भएको छ । बीपी बिनाको यो ३७ वर्षमा नेपालले धेरै राजनीतिक उतारचढाव व्यहोरेको छ तर बीपीले सोचेजस्तो सम्मुनत नेपाल अझै बन्न सकेको छैन ।

नेपाली आधुनिक राजनीतिको चर्चा बीपी कोइरालाको योगदान बिना सम्भव छैन । २००७ सालको जनक्रान्तिलाई सफलताका साथ नेतृत्व गर्नुभएका बीपीको नेतृत्वमा २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत हासिल गरेको थियो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बीपी नेतृत्वको सरकारले गरेका ऐतिहासिक कामहरू आज पनि स्मरणयोग्य छन् । २०१७ साल पुस १ गते शाही घोषणामार्फत तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको चीरहरण गर्नु नै नेपालमा बीपी विचारमाथिको पहिलो प्रहार थियो । त्यो प्रहार आजपर्यन्त फरक आवरणमा हु“दै आएको छ ।

आज बीपीको स्मृति दिवस मनाउ“दै गर्दा न देश बीपीले सोचेजस्तो छ, न कांग्रेस । बीपीको विचारलाई मूल राजनीतिक सिद्धान्त मान्ने कांग्रेसको वर्तमान अवस्था त यत्ति दयनीय छ कि विरोधीहरूको हौसला बढ्दो छ ।

नेपाली कांग्रेस नेपालमा प्रजातन्त्रको बीजारोपण गर्ने र लोकतान्त्रिक शासन व्यवस्थाको पक्षपाती पार्टी हो । २००७ सालको राजनीतिक क्रान्तिदेखि पञ्चायतविरुद्धको लडाइ“ होस् वा प्रजातन्त्र पुनस्र्थापनासहित गणतन्त्रको यात्रा, सबै परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव भएका छन् । राजनीतिक इतिहासको बृहत् विरासत बोकेर पनि आज बीपीको पार्टी संकटमा छ ।

जनमतको कसीमा कांग्रेस कमजोर साबित हु“दा कम्युनिस्ट नेतृत्वमा दुई तिहाइको सरकार शासनमा छ । प्रतिपक्षमा सीमित कांग्रेस बिना खोज्न दौडेको कस्तूरी झैं भएको छ । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको चिन्ता एकातिर छ भने राष्ट्रियता र लोकतन्त्रमाथि पनि प्रश्न उठ्न थालेको छ ।

यस्तो अवस्थामा लोकतान्त्रिक पार्टीको हैसियतले कांग्रेसले आफूलाई अझ जिम्मेवार र प्रभावशाली बनाउन जरुरी देखिन्छ । नेपाली कांग्रेसले हालै राष्ट्रिय जागरण अभियानको पहिलो चरण सम्पन्न ग¥यो । पहिलो चरणमा कांग्रेसका देशभरका कार्यकर्ताले पार्टी नेतृत्वलाई एकताबद्ध हुन र पार्टीहितमा केन्द्रित हुन सुझाव दिएका छन् ।

निर्वाचनमा पार्टीले व्यहोरेको हार कांग्रेसको सिद्धान्त वा विचार कमजोर भएर नभई आन्तरिक गुटबन्दीको परिणाम भएको कांग्रेसका लाखौं कार्यकर्ताको ठहर छ । यहीकारण कांग्रेस नेतृत्वले आफ्नो कार्यशैली बदल्नुको विकल्प छैन । आज अरूलाई बीपीको मेलमिलाप नीति पढाउने कांग्रेसले पार्टीभित्रै मेलमिलापको अभ्यास गर्न जरुरी छ ।

कांग्रेसभित्र गुटगत राजनीति चर्कंदो छ । अझ महाधिवेशनको तयारी सुरु गरेरै नेताहरू आन्तरिक प्रतिस्पर्धामा लागिपरेका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको समूह गरी कांग्रेसमा तीन गुट छ । तर यसभित्र पनि अनगिन्ती उपगुटहरू सक्रिय छन् ।

गुट, उपगुटको स्वार्थभन्दा माथि नउठ्ने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्तिले कांग्रेसलाई दिनप्रतिदिन कमजोर बनाउ“दैछ । गुटगत प्रवृत्तिका कारण कांग्रेसका नेताहरूबीच आपसमै राम्रो सम्बन्ध छैन । गुटकै कारण पार्टीका कार्यकर्ताबीच हार्दिकता छैन । एकले अर्कालाई राजनीतिक रूपमा सिध्याउने अभियानले कांग्रेसभित्र आज कोही सुरक्षित छैन ।

यही कारण बीपी स्मृति दिवस मनाउँदै गर्दा कांग्रेसभित्र बीपीको मेलमिलाप नीतिको खोजी भइरहेको छ । कांग्रेसीले आपसमा मेलमिलाप कायम गरेमात्रै कांग्रेसको अस्तित्व जोगिन्छ । आपसमा विभाजित कांग्रेसले दुई तिहाइको सत्ता हा“क्ने कम्युनिस्टस“ग प्रतिस्पर्धा गर्न सक्दैन । बीपीलाई बोलीमा भन्दा व्यवहारमा उतार्नुपर्ने अवस्था कांग्रेसमा छ ।

पार्टीका शीर्ष नेताहरूले आन्तरिक मेलमिलापको यस्तो पहलको थालनी गर्नुपर्छ । शीर्ष तहमा रहेका नेताले बीपी विचारलाई सम्मान गरेर मेलमिलाप कायम गरेमात्रै कांग्रेसको पुनरागमन सम्भव हुन्छ । यही कारण बीपीलाई स्मृतिमा राख्नेहरूले सबैभन्दा पहिला आफ्नो घरभित्र मेलमिलाप गर्नु आवश्यक छ ।