देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको महाधिवेशन ०७७ फागुनमा, क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन नहुने

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको हो । ‘बैठकले पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै अघि बढ्ने निर्णय गरेको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

जिल्ला अधिवेशनको कार्यतालिका भने हेरफेर भएको छ । १४ औं महाधिवेशन अन्तर्गतका अधिवेशनहरु २०७७ कात्तिक १६ गतेबाट सुरु हुनेछन्। कात्तिक १६ गते वडा अधिवेशन हुनेछ भने गाउँरनगर अधिवेशन ०७७ कात्तिक १८ गते हुनेछ। प्रदेशसभा अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय पनि गरेको छ।

प्रवक्ता शर्माका अनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन नगर्ने सहमति पनि गरेको छ