देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कस्मिरमा नेपाली मूलका एक भारतीय सेनाको मृत्यु

देशान्तर

कस्मिरमा पाकिस्तानी सेनाले आक्रमण गर्दा नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ। जम्मु कस्मिरको राजौरी सेक्टरमा शनिबार बिहान पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोललाई उल्लंघन गर्दै भारततर्फ आक्रमण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेमा देहरादुन निवासी नेपाली मूलका ३५ वर्षीय भारतीय सेनाका लेस नायक सन्दीप थापा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै भारतीय पक्षको आक्रमणबाट पाकिस्तानी सेनाको एक आर्मी क्याम्प ध्वस्त भएको बताइएको छ।

अहिले पनि त्य क्षेत्रमा दोहोरो गोलाबारी भइरहेको जनाइएको छ।